FAQs Complain Problems

संक्षिप्त परिचय

राजापुर नगरपालिकाकाे स्थापना वि‍. स. २०७१।०१। २५ गते भएकाे हाे । साबिकका दौलतपुर,  बदालपुर, नयाँगाउँ, राजापुर, भिम्मापुर र मानपुर टपरा गाविसलाई समायोजन गरी राजापुर नगरपालिकाकाे घाेषाणा गरिएकाे थियाे । त्यस पछि २०७३।११।२४ सालमा पुन :  यस नगरपालिकामा खैरी चन्दनपुर गाविसलाई समेत समायोजन गरि यस नगरपालिकाकाे क्षेत्र बिस्तर भएकाे हाे । साबिक राजापुर नगरपालिकालाई १९ वटा वडामा विभाजन गरिएकाे थियाे । भने २०७४‍ साल मा अाएर यस लाई १० वटा वडामा मात्र विभाजन गरिएकाे छ । 

यस नगरपालिकाकाे पुर्वि सिमामा मधुवन नगरपालिका, पश्चिममा प्रदेश न‌. ७ काे सिमाना, उत्तरमा गेरुवा गाउँपालिकाकाे सिमाना र दक्षीणमा भारतकाे सिमाना रहेको छ । खानेपानि, सररफाइ तथा स्वच्छता योजना २०७७ अनुसार कुल ज‌नसख्या ६९,८७३ मध्ये महिला  ३४५६१ र पुरुष ३५३१२  छन ।